२०८१ बैशाख १६ , आइतवार

कनेक्ट आईपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम पेमेन्ट-२०८० क्यासब्याक अफर

सुनाखरी न्युज/ काठमाडौं । कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट–२०८० क्यासब्याक अफर’ सार्वजनिक गरेको छ।

 

यस आकर्षक अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्स्योरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २ हजार ८०) क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफरको अन्त्यमा एकजना भाग्यशाली विजेताले रु. २० हजार ८० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। लक्की ड्रमार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिने छ। कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्ससम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ।

 

कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्लेटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत रु. ३६ खर्ब २६ अर्बबराबरको ४ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।