२०८१ जेठ ५ , शनिवार

कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –  कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरमा आइतबार विहान कर्णाली नदीमा खसेको जिपबाट हाम फालेर ज्यान जोगाएका जनकपुरका २५ वार्षिय राजेश लामाको मृत्यु भएको हो ।

 

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार गम्भिर घाइते लामाको थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गर्ने तयारी भइ रहेको थियो ।हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३ २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।

 

चालकसहित १३ जना सवार जिप च्याछहरा भिरमा उकालो चढ्दै गरेको अवस्थामा एक्कासी कर्णाली नदीमा खसेको थियो ।