२०८१ जेठ ५ , शनिवार

वनएक्स बेट प्रकरणमा पक्राउ गरेका कलाकार माथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थप

 

सुनाखरी न्युज / काठमाडौं – ‘वानएक्स – बेट’ प्रकरणमा पक्राउ गरेका ८ जना कलाकारमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ ।

 

मरिचमान श्रेष्ठ ( बल्छी धुर्वे ) , राजु पौडेल ( राजु मास्टर) पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन) , गणेश देवकोटा (गणेश जीडी ) , सरोज घिमिरे ( ढेडु बुढो ) र ‍बेगम नेपाली ( भटभटे माइला ) बिहीबार पक्राउ परेका थिए । बेटिङ कारोबारमा थप संलग्नताबारे अनुसन्धान भइहेको काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

 

वनएक्स बेटमार्फत ६४ करोडको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ ।