२०८३ श्रावण २० , बुधवार

काठमाडौँ विश्वविद्यालय र स्नो भ्यू बीच सम्झौता

सुनाखरी न्युज/  हेमजा । बहुप्रतीभामुखी शिक्षा उपलब्ध गराउन काठमाडौँ विश्वविधालय र स्नो भ्यूबीच सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका शिक्षा संकायका डिन डा बालचन्द्र लुईटेल र प्रिन्सिपल जगत बहादुर थापाले शनिबार सम्झौंता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

 

सम्झौतापश्चात काठमान्डौ विश्वविधालयले ४८ घन्टाको पाठ्यक्रमद्वारा शिक्षकहरुको क्षमतामा अभिवृद्धि गरी विधार्थीलाई प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गरी शैक्षिक गुणस्तर बढाउन र भैरहेको विद्यालयका कार्ययोजनाको विश्लेषण तथा आवश्यक परिपूर्ति, पारदर्शी पाठ्यक्रम, उचित मुल्यांकन, नेतृत्व विकास, दुरदृष्टि शिक्षा साथै विद्यालयको मिसनलाई परिपूर्ति गर्न आवश्यकता अनुरुप पाठ्यक्रम, पाठयोजना, मुल्यांकन प्रवृति, कक्षाकोठा व्यवस्थापनमा सहयोग गर्ने सकिने विषयमा विश्वोविद्यालयका सह- प्राध्यापक पार्वती ढुंगाना पौडेल ज्यूले प्रकाश पार्नु भएको थियो। त्यसैगरी विद्यालयका शैक्षिक निर्देशक विष्णु कुमारी अधिकारीले काठमान्डौ विश्वविद्यालयसंगको कार्यक्रममा जोडिएर काम गर्दा सार्है खुशी लागेको बताउदै विद्यालयको शैक्षिक उन्न्नयनमा प्रभावकारी हुनेमा आशावादी रहेको बताउनु भयो।

कास्कीको हेमजामा अवस्थित स्नो भ्यु इङ्ग्लिश बोर्डिंग स्कूलले २६औ वसन्त पार गरिसकेको छ। बालबालिकाको मानसिक तथा सारिरीक सर्वाङ्गिण विकासका लागि मध्ये नजर गर्दै प्रगतिशील शिक्षा र विभिन्न किसिमका खेलहरुलाई बढावा दिदैं आइरहेको छ। स्वच्छ तथा वातावरणमा औसत ३ वर्षदेखि १८ वर्षसम्मका बिद्यार्थीलाई अध्यापन गराइने यस विद्यालयले बाल मैत्री एवं समय सापेक्षिक संस्कारयुक्त शिक्षासंगै “जीवन उपयोगी शिक्षा आजको आवश्यकता” भन्ने अभिप्रायका साथ् बिगतदेखि नै व्यावहारिक तथा व्यावसायिक शिक्षालाई पनि अनुशरण गर्दै आइरहेको छ। एक अध्ययनकर्तालाई जीवनमा सिक्नु पर्ने तहगत शिक्षण गर्न र गराउनका निम्ति कक्षा कोठाको पाठ्यक्रम निर्माण, पाठ्योजना निर्माण, शिक्षण पद्दति, सिकाई प्रवृतिलाई परिमार्जन गर्दै शिक्षण गर्दै आइरहेको छ।