सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ ।
पार्टी स्थापनाको अवसरमा असार ७ गतेभित्र रास्वपा नयाँ पार्टी कार्यालयमा सर्ने भएको हो । रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार इन्दुबदना अधिकारी (देवकोटा) घरमा रास्वपा नयाँ पार्टी कार्यालय सर्न लागेको छ।
पार्टी स्थापना दिवसका अवसरमा असार ७ गते नयाँ पार्टी कार्यालयमै चियापान कार्यक्रम आयोजना गरिएको बसुन्धारस्थित पार्टी कार्यालय सानो भएपछि रास्वपा बालाजुको नयाँ पार्टी कार्यालय सर्न लागेको हो ।