२०८१ जेठ ७ , सोमवार

मुलुकले नयाँ सहमति र समीकरण खोजेको छ

किरण गिरी । यो मेरो नितान्त निजी धारणा र दृष्टिकोण हो । बिगत एक महिना देखी भएका राजनीतिक , सामाजिक र धार्मिक क्षेत्रमा भएको मेरो उच्च स्तरीय अनौपचारिक भेटघाट र संबाद बाट मेरो आफ्नै अनुमान , बुझाइ र विश्लेषण नवीन रुपमा प्रस्तुत । देशले नयाँ सहमति र समीकरण खोजेको देखिन्छ ।

– के नेपाल नयाँ राजनीति दुर्घटना को संघारमा उभिएको हो ?

देशले नयाँ राजनीतिक समीकरण त खोजिरहेको छैन ?

– समाजबादी केन्द्र राजनीतिक दुर्घटना को प्रस्थान बिन्दु त हुदैन ?
– सामाजिक सञ्जाल अनि न्युज पोर्टलहरुमा उर्लिएका नयाँ आवाज हरु का कारण पुराना राजनीतिक दल र नेता हरु लाई असान्दर्भिकता तर्फ धकेल्न खोजीएको त होइन ?

– के नेपाल नयाँ राजनीतिक कोर्षमा जान लागेको त होइन ?

– बर्तमान संसद बाट तत्कालै नयाँ नयाँ समीकरण र ध्रुवीकरण मुलुकले मागिरहेको त होइन ?

– नागरिकको चाहना , आकांक्षा र आबश्यकता परिपुर्ति हुन नसक्दा देश भारी संकटमा पर्नजाने त होइन ?

– सुशासन र बित्तीय सुधार अनि परिबर्तन हुन ढिलो गर्दा देशले कोल्टे फेर्ने त होईन ?

– देशमा ठुला र पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र लगायत का दलहरू जसले मुलुकमा आन्दोलन र परिबर्तन ल्याए उनीहरू यति छिट्टै रक्षात्मक पङ्तीमा पुग्नुपर्ने अबस्था हो र ?

– अबपनी नागरिकको जीवन स्तरमा सकारात्मक र रचनात्मक सुधार र परिवर्तन गर्न सकिएन भने राजनीतिक परिबर्तन का स्वतन्त्रता हरुले मात्र अब जनता लाई थेग्न गाह्रो हुने त होइन ?

यदी देशले नयाँ सहमति र समीकरण खोजेको हो भने संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरु तत्कालै एक ठाउँमा उभिनु आबश्य देखिन्छ ।

 

नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीको निजी धारणा र दृष्टिकोण हो ।