२०८१ बैशाख २७ , बिहिवार

शेयर बजारमा उछाल, ११ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको छ ।

 

आज चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटाको शेयरमूल्य स्थिर रहेको छ । आज ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था र मेन्छियम हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, साधना नेपाल लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

 

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३६ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।