२०८१ जेठ ५ , शनिवार

अभिनेत्री अमिषाले अदालतमा गरिन आत्मसमर्पण

सुनाखरी न्युज / काठमाडौं –  अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन । शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्।

\

चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ ।जसमा अमिषा पटेलले म्युजिक मेकिङको नाममा उनीसँग २।५ करोड रुपैयाँ लिएको तर पैसा लिएर पनि उनले संगीत निर्माणमा कुनै कदम नचालेको भनिएको थियो ।

 

अमिषाको तर्फबाट ढिलाइ गरेपछि अक्टोबर २०१८ मा अजय सिंहलाई २।५ करोड र थप ५० लाख रुपैयाँको गरी दुईवटा चेक दिएका थिए, जुन बाउन्स भएको थियो । त्यसपछि अजय सिंहले अभिनेत्री माथि मुद्दा हालेका हुन् । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।