२०८१ जेठ ५ , शनिवार

‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा , रुचाइयो अनमोल र सुहानाको केमेस्ट्री

सुनाखरी न्युज / काठमाडौं –  नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युबमा रिलिज भएको एक दिनमै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ ।सुनील कुमार थापा निर्माता रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन ।

 

हलमा गतवर्ष रिलिज भएको यो फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन ।

 

शुक्रवार युट्युबमा रिलिज भएको फिल्मले भ्युज पनि लोभलाग्दो पाइरहेको छ । आइतवार बिहानसम्म फिल्मले २० लाख भ्युज पाएको छ ।