२०८१ बैशाख २१ , शुक्रवार

शरीरसम्बन्धी यी कुरा झुटा हुन् ,के हो सत्य ? जान्नुहोस

सुनाखरी न्युज  / काठमाडौं –  मानव शरीरका विषयमा हामीहरूले अनेक किसिमका भ्रम पालिरहेका हुन्छौं । यहाँ हामी त्यस्ता भ्रमका बारेमा कुरा गर्नेछौं ।

 

-गाजर खाएर आँखा तेजिलो हुन्छ
गाजरले आँखाको रक्षा गर्ने कुरा साँचो हो तर यसले आँखाको प्रकाशलाई कुनै फरक पार्दैन । गाजरमा ठूलो मात्रामा बीटा–क्यारोटिन  पाइन्छ जसले रेटिनोललाई भिटामिन एमा परिवर्तन गरिदिन्छ । यसैले आँखाको रक्षा गर्छ ।

-चकलेट खाँदा डण्डीफोर आउने
सुगर र फ्याट बढी हुने खानेकुरा खाँदा छाला तैलीय हुन्छ र डण्डीफोर आउँछ । तर चकलेट खाएर डण्डीफोर हुन्छ भन्ने कुरा सही  होइन ।

-चुइंगम पचाउन सात वर्ष लाग्छ
चुइंगम कहिलेकाहीँ झुक्किएर निलिन्छ कहिलेकाहीँ । तर यसलाई पचाउन सात वर्ष लाग्ने कुरा झुटो हो ।

 

-मृत्युपछि बढ्छन कपाल र नङ
यो असत्य हो । मृत्युपछि छाला खुम्चिन थाल्छ जसले गर्दा नङ ठूलो भएको जस्तो देखिन्छ ।

-औंला पड्काउँदा गाँठो पर्ने
औंला पड्काउनुसँग गाँठो पर्ने कुराको कुनै साइनो छैन । पड्काउँदा आउने आवाजले अरूलाई झर्को लगाउन चाहिँ सक्छ ।

-इन्द्रिय संख्या
हामीहरूको पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय छन् भन्ने मान्यता छ । तर आधुनिक विज्ञानले हाम्रो ३३ भन्दा बढी इन्द्रिय भएको   प्रमाणित गर्छ ।एजेन्सी