२०८१ बैशाख २१ , शुक्रवार

यी खानेकुराहरु एकैसाथ खाँदा स्वास्थ्यमा समस्या आउनसक्छ

सुनाखरी न्युज / काठमाडौं – चामल र रोटी सँगै खाँदा शरीरमा केही नोक्सानहरु पनि हुन सक्छन् ।रोटी र भातको मात्र सेवन गर्नाले शरीरमा पोषक तत्वहरुको कमी हुन सक्छ । त्यसैले तरकारी तथा दालसँग रोटी वा भात मात्र सेवन गर्नु पर्दछ ।

 

रोटी र भात एकसाथ खानाले पाचनमा समस्या आउन सक्छ जसले गर्दा निद्रामा पनि असर पर्दछ ।भात र रोटीको सेवन एकसाथ गर्दा अपच तथा पेट दुख्ने सम्भावना हुन्छ ।मधुमेह भएकाहरुले रोटी र भात सँगै खानबाट बच्नु पर्दछ ।

 

भात र रोटीको मिश्रणले शरीरमा क्यालोरी पनि बढ्न सक्छ ।रोटी र चामलको सेवन एकसाथ गर्नाले शरीरमा तौल बढ्न सक्छ ।