२०८१ बैशाख २३ , आइतवार

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीचविद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाटप्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डेरप्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाटमहाप्रबन्धक श्री सचिन अर्याललेउक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक रप्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्नउक्त सम्झौता अनुसार प्यारा माउण्ट मोटर्स प्रा.लि.द्धारा आयात गरिएको एम्जी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दाग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।