२०८१ बैशाख २१ , शुक्रवार

ग्याँस्ट्रिक बिरामीले किन खानुहुँदैन अमला

काठमाण्डौः अमला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी, फाइबर, क्याल्सियम, आइरन, पोटासियम, फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन ।अमलाको सेवनले शरीरलाई धेरै फाइदा हुन्छ । यसमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । अमलामा पाइने गुणले मधुमेह र उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुन्छ ।

 

-जुन व्यक्ति मृगौलाको समस्या पार गर्दै छन् त्यस्ता व्यक्तिहरुले अमलाको प्रयोग गर्नुहुँदैन । किनभने अमलामा बायोएक्टिभ पाइन्छ   जसले मृगौला रोगीको कोशिका र तन्तुलाई क्षति पु¥याउन सक्छ । त्यसैले अमलाको जुस र फल प्रयोग गर्नुहुँदैन ।

– जुन व्यक्तिलाई ब्लड प्रेसर लो छ त्यस्ता व्यक्तिहरुलाई अमलाको फल र जुसको प्रयोगबाट जोगिनुपर्छ । अमलाले हाई – ब्लड-सुगर भएको व्यक्तिलाई राम्रो हुने भएतापनि यसले शरीरमा चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ ।

 

अमलामा एन्टी–ओबेसिटी मोटोपन विरोधी गुण हुन्छ, जसले तौल घटाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको मेटाबोलिजम बढाउँछ र शरीरमा ऊर्जाको खपत बढाउँछ ।

जुन व्यक्तिलाई ग्याष्ट्रिकको समस्या छ त्यस्तो व्यक्तिहरुले खाली पेटमा अमलाको जुस पिउनुहुँदैन । यदि खालिपेट खायौँ भने पेट दुख्ने, वाकवाकी लाग्ने, पेटमा एसिड बढ्नेजस्तो समस्या देखिन्छ ।

केही दिनपछि बिरामीको सर्जरी हुने भएको छ भने अमलाको जुस खानुहुँदैन । अमलाको जुसले रगतको मात्रा बढाउने भएकोले सर्जरीमा समस्या आउनेहुनाले अमलाको फल र जुस खानुहुँदैन ।