२०८१ बैशाख २४ , सोमवार

बच्चाको दिमाग तेजिलो र स्मार्ट बनाउन यी खाना खुवाउनुस्

सुनाखरी न्युज  / काठमाडौं –  बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ।यसका लागि सानै उमेरदेखि उचित आहाराको व्यवस्था गर्नुपर्छ । उनीहरूको खानामा सबै किसिमका पौष्टिक तत्त्वहरू समावेश गरियो भने बच्चाहरुको दिमागको विकास पनि राम्रो हुन्छ र मस्तिष्कले राम्रोसँग काम गर्न सक्छ ।  यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिडयुक्त खाना बढी सेवन गर्छिन् भने बच्चाको दिमाग तेज हुन्छ।

 

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

 

ओखर
ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।

 

माछा
महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।

 

फलफूल र गेडागुडी

यी धेरै स्वस्थ सुपरफुड हुन्, जसले मस्तिष्कलाई धेरै तरिकाले फाइदा पुर्‍याउँछ । यसमा धेरै पोषक तत्त्वहरू हुन्छन् जसले मस्तिष्कलाई स्वस्थ राख्छ र यसको कार्यहरू बढाउँछ । यसमा म्याग्नेसियम, जिङ्क, फाइबर, एन्टिअक्सिडेन्ट र फोलेट पाइन्छ । यी सबैले तपाईंको मुड र मस्तिष्कको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ ।

दूध र दही
बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ ।

हरियो सागसब्जी

बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ। बच्चालाई फास्टफुड र जंकफुड कुनै पनि हालतमा नदिनुस्, यसमा दिमागको विकासका लागि जरुरी पौष्टिक तत्व हुँदैंन । बच्चाको डाइट चार्ट बनाउँदा चिकित्सकको सहयोग लिन सक्नुहुनेछ ।