२०८१ जेठ ५ , शनिवार

‘आदिपुरुष’ को संवाद सच्याइयो

सुनाखरी न्युज /  काठमाडौं –  प्रभास स्टार्र भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

 

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। बालेनले संवाद हटाउन तीन दिनको समय दिएका छन्। सो समयसम्म संवाद नहटाए काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने उनको चेतावनी छ।

 

मेयर शाहले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई तीन दिन भित्र नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका थिए । यस्तै, चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो । धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि प्रदर्शनमा आउँदैछ ।