२०८१ बैशाख २२ , शनिवार

एनआई सी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा,डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउन वेबसाइटको स्तरोन्नति

सुनाखरी न्युज/ काठमाडौं । समय अनुरुप परिष्कृत सेवातथा सुविधाहरुका साथ लाखौं ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एनआई सी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थपसहज, सरल र सुरक्षितबनाउने अठोटका साथआफ्नो वेबसाइटल nicasiabank.comलाई आकर्षकफिचरहरुसहितनयाँ डिजाइनमा स्तरोन्नतिगरेको छ ।

 

बैंकले आफ्ना सेवातथा सुविधाहरुथप ग्राहक मैत्री बनाउदै लैजाने उद्देश्यअनुरुपहाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दैनयाँ डिजाइनसार्वजनिक गरेको हो । ग्राहकमहानुभावहरुले खोजेको प्रोडक्ट, विवरण वाजानकारी आवाज (voice command)द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधायस वेबसाइटको प्रमुखविशेषता रहेको छ । साथै, ग्राहकमहानुभावहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउनभनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरुले सहजै सर्च हिस्ट्रीथाहापाउन सक्नुहुनेछ । मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ ।

 

वेबसाइटमार्फतअनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक,खातामाप्यानअद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्नभुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमाबैंककाशाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थानपत्तालगाउन सकिनेलगायतबैंक सम्बन्धीविविधजानकारी तथा सहयोगकालागिचौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् । यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमा रहेको ] Omnichannel प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगदजम्मातथा चेक जम्माआवेदन,नयाँ डेबिटतथाप्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाताखोल्ने,चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइट मार्फत उपभोग गर्नसकिनेछ ।बैंकको नयाँ वेबसाइट सार्वजनिक भए सँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक महानुभावहरुलाई बैंकको बारेमासम्पूर्ण जानकारी लिनर सेवा उपभोग गर्न अत्यन्त सहज र सरलहुने विश्वास बैंकले लिएको छ ।

 

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६०शाखाकार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिलागर्ने बैंकको रुपमा स्थापितहुन बैंक सफल भएको छ ।

 

जुन समग्र देशको अन्यकम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमा शाखा विस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।