२०८१ जेठ ५ , शनिवार

रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’को भिडियो

सुनाखरी न्युज  / काठमाडौं – अडियो गीतकै भरमा टिकटकमा अत्यधिक रुचाइएको गीत कस्तो होला भाटु राजाको दरबारको भिडियो सार्वजनिक भएलगत्तै सुपरहिट भएको छ। केन्द्र मोसन पिक्चर युट्युब च्यानलबाट सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेको भिडियो ६ दिनमा करिब चार लाखले हेरेका छन्। चौधरीले आफ्नै स्वरको टिकटकमा लोकप्रिय भैसकेको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ को म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरेका छन् ।

 

टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै करिव एक लाख पटक हेरिएको छ ।यो गीतमा गायक रेशम चौधरीलाई गायिका आभा मुकारुङले गायनमा साथ दिएकी छिनु । यो गीतका संगीतकार समेत रेशम चौधरी नै हुन् । गीतका शब्दहरु रामचन्द्र बोगटीले रचना गरेका छन् ।

 

थारु समुदाय भित्रको रहनसहन, कला तथा सँस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ आदिको अभिनय रहेको छ ।२०७२ सालमा संविधान जारी हुनुअघि कैलालीको टीकापुरमा हिंसा भड्किदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि जेल जीवन बिताइरहेका तथा राष्टझपति रामचन्द्र पौडेलद्वारा हालै आममाफी पाई कारागरमुक्त रेशम चौधरीका साथ आभा मुकारुङले धेरै अघि गाएको गीतमा संगीत पनि रेशमकै छ। शब्द रचना भने रामचन्द्र बोगटीको रहेको छ।

 

थारु समुदायभित्रको रहन सहन र कला संस्कृति झल्काइएको गीतको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतले अभिनय गरेका छन्। सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशम सागर क्षेत्री हुन् ।