२०८१ जेठ ५ , शनिवार

लोकगायक बद्री पंगेनीको ‘दुई पाइला’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । लोकगायक बद्री पंगेनीले नयाँ गीत ल्याएका छन् । शुक्रवार बिहान एलिना चौहानसँगको युगल स्वरमा ‘दुई पाइला’ बोलको प्रेम विरहको लोकदोहोरी गीत बद्रीले सार्वजनिक गरेका हुन् ।

 

नारायण ज्ञवालीको शब्द रहेको गीतमा बद्रीकै संगीत, सुदीप सागरको एरेन्ज छ । यसको भिडियोमा गायक प्रकाश सपूतले अभिनय गरेका छन् । उनको जोडीका रुपमा पूजा पौडेल प्रस्तुत छिन् ।

 

बद्रीले आफ्नै निर्देशनमा तयार पारेको भिडियोलाई राजेश घिमिरेले छायाँकन, प्रबिन भट्टले सम्पादन गरेका हुन् । यो बद्रीको ‘पैसा सापटी’पछिको अफिसियल गीत हो ।