२०८१ जेठ ५ , शनिवार

काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

 

सुनाखरी न्युज  / काठमाडौं –  आजबाट नेपालमा भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शन हुने तय थियो। तर, सीताको बारेमा रहेको संवादको विवादका कारण आज बिहान तय भएको शोहरु रद्द गरिएको छक्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

 

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ । बिग मुभिजका संचालक दिपेश शर्माले सुरक्षाका कारण बिहानीको शोहरु रोकिएको बताए। अहिले बिहान ९ बजे हलहरुको छाता संगठन नेपाल चलचित्र सङ्गको बैठक हुँदैछ। त्यसपछि शोको बारेमा निर्णय हुने बताइएको छ।

 

‘सुरक्षा त्रासका कारणले काठमाडौं उपत्यकामा बिहानी शोहरु रोकिएका छन्। काठमाडौं बाहिर भने फिल्म प्रदर्शन भइरहेको छ। चलचित्र संघले बैठकको लागि सबै हलहरुलाई बोलाएको छ। त्यसपछि केही निर्णय हुन्छ होला,’ एकजना वितरकले भने।तर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्।  नेपालमा यो संवाद हटाएर सेन्सर पास भइसकेको छ।