२०८१ जेठ ५ , शनिवार

सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नइसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ ।

 

उक्तव्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ ।बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेन्टमा ग्राहकहरुले विभिन्न प्रकारका जापनिज परिकारहरुको स्वादलिन सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरीडिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा१३२ वटा कार्यालयहरु तथा १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।