२०८१ जेठ ५ , शनिवार

नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलहरुको जवाफी बहस आज

सुनाखरी न्युज/ काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने टुङ्गो आज लाग्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्ने जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शंकर पौडेलले जानकारी दिनुभयो ।

त्यसअघि प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरुमाथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेको प्रहरीले जनाएको छ ।