२०८१ जेठ ५ , शनिवार

सामान्य पत्थरी निकाल्न अप्रेशन थिएटर पुगेका पूर्वगाविस अध्यक्षको चारदिनपछि मृत्यु

सुनाखरी न्युज /  काठमाडौं –  गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुर्वण धिताल शुक्रबार नेपाल मेडिकल कजेल अत्तरखेलमा  जाँच गर्नेक्रममा उनको पित्तथैलीमा पत्थरी देखियो ।शल्यक्रिया गरेपछि शरीरमा रगतको मात्रामा कमी भई अचेत अवस्थामा पुगेपछि रगत खोज्न परिवारलाई भनिएको मृतकका भतिज राजन धितालको दाबी छ । दूरविनद्वारा गर्ने साधारण डेढ घण्टाको शल्यक्रिया हो, ठीक हुन्छ भनेर आश्वासन दिएर थिएटर लगेको बिरामीलाई केही क्षणमै अनायासै डाक्टरले रगत ल्याउन भने । त्यतिमात्र होइन अन्य औषधिहरू मागाएका थिए ।

 

रगत चढाउँदासमेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई चारदिनसम्म भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुने अवस्थामा पुगेको भन्दै मृतकका आफन्तले मंगलबार अस्पतालमा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा अस्पताल तोडफोड गरी डाक्टरहरुमाथि दुव्र्यवहार गर्ने गरेको भन्दै अस्पताल प्रशासनले डाक्टरको सुरक्षा नभएसम्म इमरजेन्सीबाहेकको सबै ओपीडी सेवा बन्द गरेको छ ।

 

साथै डाक्टरहरु आफनो ज्यानको सुरक्षाको माग गर्दै धर्नामा बसेका छन् । नेपाल मेडिकल कलेज जोरपाटीले एक विज्ञप्ति जारी गर्दै अप्रेशनको क्रममा अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको बताएको छ । सोही अनुसार सामान्य पत्थरी निकाल्न अप्रेशन थिएटर पुगेका धितालको चारदिनपछि बुधबार साँझ मृत्यु भयो । उनी सिन्धुपाल्चोक साविक थाङ्गपालधाप गाविसका पूर्वअध्यक्ष हुन् ।