२०८१ जेठ ५ , शनिवार

फिल्म ‘कान्तारा २’ को सुटिङ कहिलेदेखि सुरु हुँदैछ ?

सुनाखरी न्युज/ काठमाडौं । फिल्म ‘कान्तारा २’सँग जोडिएको एउटा ठूलो अपडेट सार्वजनिक भएको छ । लामो समयदेखि फ्यानहरू फिल्मको दोस्रो भागको रिलिजको प्रतीक्षामा छन्।

 

फिल्मको दोस्रो भाग छिट्टै फ्लोरमा जाने बताइएको छ । ऋषभ शेट्टी द्वारा निर्देशित र लेखिएको फिल्म ुकन्तारा ‘३० सेप्टेम्बर २०२२’ मा रिलिज भएको थियो। १६ करोडको बजेटमा बनेको फिल्मलाई दर्शकले रुचाएका थिए । फिल्मले यति धेरै चर्चा पायो कि अन्य भाषामा पनि रिलिज भयो । फिल्मको कलेक्सन करिब ४५० करोड थियो । फिल्मको सफलतालाई ध्यानमा राख्दै यसको प्रिक्वेल बनाउने निर्णय गरिएको थियो ।

 

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा २’ को बारेमा बाहिरिएको जानकारी अनुसार फिल्म २७ अगस्टबाट फ्लोरमा जानेछ । प्रोडक्सन हाउसका अनुसार ऋषभको फिल्म पहिले नै सुरु गर्न सकिन्थ्यो तर फिल्मका केही विशेष दृश्यमा वर्षा आवश्यक परेका हुनाले ढिलो सुरु गरिएको हो। यस्तो अवस्थामा दृश्यमा यथार्थता कायम राख्न अगस्टदेखि छायांकन सुरु गर्ने योजना बनाइएको छ ।एजेन्सी