२०८१ बैशाख २२ , शनिवार

खोलाले बगाउँदा इन्जिनियरको मृत्यु

 

सुनाखरी न्युज  / काठमाडौं  – भोजपुर खोलाले बगाउँदा भोजपुरमा एक जना सव–इन्जिनियरको मृत्यु भएको छ । जिल्लाको टेम्मेमैयुङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने राउने खोलाले बुधवार राती बगाउँदा सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ ।सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाई छ ।

 

राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।