२०८१ बैशाख २२ , शनिवार

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

सुनाखरी न्युज /  काठमाडौं –  श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए ।

 

गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।

 

उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।