२०८१ बैशाख १५ , शनिवार

पाँच अर्ब नाघ्यो नेप्सेको कारोबार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले बढेको छ । आज नेप्से १६.४२ अंकले बढेर दुई हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको छ ।

मंगलबार नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको थियो । शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । कारोबार भएका ११० कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटाको शेयरमूलय स्थिर रहेको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४५ दशमलव ४० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १६२ दशमलव ५० रुपैयाँ पुगेको छ ।
छ ।

आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब पाँच प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।