२०८१ बैशाख १६ , आइतवार

सिक्का हालेर कुकुरले बनायो विश्व कीर्तिमान

सुनाखरी न्युज / काठमाडौं –  गिनिज बुकमा नाम लेखाउनका लागि मानिसहरुले मात्र होइन जनावरहरुले समेत अनेक खालका अनौठा कार्यहरु गर्ने गर्दछन । एउटा बेलायती कुकुरले पनि यस्तै गरेर गिनिज बुकमा नाम लेखाएको छ ।

 

बेलायतको एबरडीनमा एउटा कुकुरले एक मिनेटमा २३ वटा सिक्का खुत्रुकेमा हालेर विश्व कीर्तिमान कायम गरेको छ ।कुकुरधनी एमिली एन्डरसनले त्यसलाई जन्मैदेखि नै तालिम दिँदै आएकी थिइन् । अन्ततः त्यसले विश्व रेकर्ड कायम गर्दै तालिमको प्रतिफल दियो ।खुत्रुकेमा सिक्का हाल्ने क्रममा एमिलीले सिक्का समाएर उसको अगाडि राखिदिने र कुकुरले त्यसलाई टिपेर खुत्रुकेमा हाल्ने काम भएको थियो ।

 

एमिलीले इन्स्टाग्राममा लियोको एउटा तस्वीर शेयर गरेकी छिन जसमा ऊ विश्व कीर्तिमानवाला प्रमाणपत्र र खुत्रुकेसँगै देखिन्छ ।उसले एक मिनेटमा आफ्नो खुत्रुकेमा २३ वटा सिक्का छिराएको छ । जसको कारण यो सम्भव भयो सबैलाई धन्यवाद ।