२०८१ बैशाख २२ , शनिवार

आयल निगमको ट्यांकरबाट तेल चोरी गर्ने २ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आयल निगमको भलबारी डिपोमा आउँदै गरेको ट्यांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । डिपोमा आउँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकेर तेल चोरी भएको थियो ।

उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । व्यवसायीको सहयोगमा ट्यांकर चालकले तेल चोरेर पेट्रोल पम्पमा बेच्दै गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । पक्राउ परेकालाई चोरी आरोपमा मुद्दा चलाइएको उनले बताए ।