२०८१ जेठ ५ , शनिवार

आदिपुरुष’नेपालको हलमा लाग्दा एक सिट खाली राखिने


सुनाखरी न्युज / काठमाडौं – ‘बाहुबली’ फेम प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि ठूलो घोषणा गरेका छन् । ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएको भन्दै हरेक थिएटरमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।  फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।

 

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना फ्रेन्चाइजी हलमा हनुमानको लागि सम्मानको लागि एक सिट खाली राख्ने भएको छ । आईएनआई फ्रेन्चाइजी निर्देशक सुरेन्द्र थापाले आफ्ना चार हलहरु काठमाडौंको ल्होत्से, चितवन, बुटवल र पोखरामा हनुमानका लागि एक सिट खाली राख्ने निर्णय भएको बताए । ‘जहाँ राम र सीता हुनुहन्छ, त्यहाँ हनुमान पनि हुनुपर्छ भन्ने मान्यताअनुसार एक सिट खाली राख्ने निर्णय गरेका छौं ।

 

भारतसहित विश्वभर यो फिल्मलाई लिएर चर्चा पनि छ । यस्तोमा भगवान हनुमानको सम्मानका लागि भन्दै एक सिट खाली राख्ने निर्माताको निर्णयले भारतमा चर्चा गर्माएको छ । रामायणको कथावस्तु भएकाले नेपालमा समेत यसको चर्चा छ । नेपालका केही सिनेमा हलले समेत ‘आदिपुरुष’को प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका छन् ।