२०८१ बैशाख २० , बिहिवार

नेपाल मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चिकित्सक संघले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोध गर्दै दाषीमाथि कारबाहीको माग गरेको छ।

संघका महासचिव डा सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारबाही गर्न माग गरेका छन्।

 

उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ महासचिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ ।

May be an image of text