२०८१ जेठ ५ , शनिवार

अभिनेता मुकुन र अभिनेत्री मेनुका अभिनीत फिल्म ‘गणपति’ भदौमा प्रदर्शन हुने

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

 

यसअघि जेठमा प्रदर्शनमा आउने भनिएको यो फिल्म आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो । सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र मेनुकासँगै प्रकाश घिमिरे, सूर्यमाला खनाल, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, कविता न्यौपाने, देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ ।

 

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता लक्ष्मण रिजाल हुन् ।