२०८१ जेठ ५ , शनिवार

‘काउली’ हिट भएसँगै हरिवंश र शान्तिश्रीको अर्को सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । तीन महिनाअघि सार्वजनिक ‘काउली’ बोलको गीतलाई स्रोता एवं दर्शकले रुचाए ।

 

वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा यो गीत ल्याएका थिए । यसमा उनको र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारको युगल स्वर छ । यी दुईको पहिलो सहकार्य रहेको उक्त गीत केही समयअघि नै करोड क्लबमा प्रवेश गरिसकेको छ ।

 

पहिलो सहकार्य सफल भएसँगै अब, हरिवंश र शान्तिश्रीको स्वरमा अर्को गीत पनि आउने तयारीमा छ । हरिवंशकै शब्द र संगीत रहेको गीतको रेकर्ड भइसकेको छ । उक्त गीतलाई सरोज वलीले निर्माण गर्न लागेका हुन् । गायिका शान्तिश्रीले मिठो गीत रेकर्डिङ भएको बताएकी छन् ।