२०८१ बैशाख १५ , शनिवार

२०२० अंकमा सेयर बजार, कारोबार ४ अर्ब नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । नेपाल बैंकर्स संघले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसंगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।

आज नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको छ । आज चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीकोे शेयरमूल्य घटेको छ । पाँच वटाको शेयरमूलय स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जवीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीे बढेको छ ।

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब चार प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।