२०८१ बैशाख २२ , शनिवार

अनुहारमा काँचो दुध लगाउँदा हुने फाइदा

सुनाखरी न्युज / काठमाडौं –  महिलाहरूले आफ्नो छालालाई चम्किलो बनाउन विभिन्न प्रयास गर्छन् । बजारमा उपलब्ध महँगो सौन्दर्य उत्पादनहरू प्रयोग गर्छन् । बाहिरी उत्पादनहरू प्रयोग गरेर सुरुमा फाइदाहरू देख्न पाए पनि यी उत्पादनलाई नियमित रुपमा प्रयोग गर्दा मात्र अनुहारमा सुधार देखिन्छन् ।दुध स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

 

स्वास्थ्यसँगै दुध छालाका लागि पनि राम्रो मानिन्छ । यसलाई पिउँदा जति फाइदा हुन्छ, यसरी नै अनुहारमा लगाउँदा पनि त्यत्तिकै फाइदाहरु पाउन सकिन्छ । दुधले अनुहारको दागधब्बा, चाउरीपना, डन्डीफोर आदि कम गर्न एकदमै असरदार हुन्छ । दुधले तपाईंको अनुहारको छालालाई स्वस्थ राख्ने काम गर्दछ । अनुहारको क्लींजिंगका लागि दुधको प्रयोग गर्दछन् । तर तपाईंले चाहनुभयो भने दुधलाई मेकअप रिमुवर, टोनर वा फेस प्याकको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 

त्यसो त अनुहारमा दुध कुनै पनि समयमा लगाउन सकिन्छ । तर रातमा यसलाई अनुहारमा लगाउँदा यो धेरै फाइदाजनक हुन्छ । किनकी यसले अनुहारमा जम्मा भएको सबै फोहोर, मेकअप तथा प्रदुषणको कणहरुलाई सजिलै निकाल्ने काम गर्छ ।आउनुहोस् जानौं रातमा अनुहारमा दुध कसरी लगाउने  ?

फेस मास्क
दैनिक रातको समयमा अनुहारमा दुधले बनेको फेस मास्क लगाउनु पनि फाइदाजनक हुन्छ । यसका लागि तपाईं एक चम्चा मुल्तानी मिट्टी लिनुहोस् । यसमा काँचो दुध मिसाउनुहोस् र फेरि त्यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् । १५ देखि २० मिनेट राखेपछि यसलाई सफा पानीले धुनुहोस् । दैनिक रातमा अनुहारमा दुधले बनेको फेस मास्क लगाउनाले चाउरीपना तथा कालो दागहरुबाट छुटकारा पाउन सकिन्छ ।

 

अनुहारमा दूध लगाउनुको फाइदा

१। पिम्पल हटाउन सक्छः दूधले जमेको छिद्रहरूलाई गहिरो रूपमा सफा गरेर फोहोर हटाउँछ । यसले पिम्पल हुने ब्याक्टेरियालाई पनि मार्छ । काँचो दूध अनुहारमा लगाउनाले पिम्पल निको हुन्छ । यसले एक्जिमालाई पनि निको पार्न सक्छ ।

२। छालाको टोनरको रूपमा काम गर्दछः काँचो दूधले छालालाई टोन गर्न मद्दत गर्दछ । काँचो दूधमा मह, बेसार र दही मिसाएर पनि अनुहारमा लगाउन सकिन्छ । काँचो दूधको यो फेस मास्कले छालालाई गहिरो सफा गर्छ र अनुहारलाई चम्किलो बनाउँछ ।

३। छालालाई मोइश्चराइज गर्छः दूधमा बायोटिन सहित धेरै मोइस्चराइजिंग गुणहरू छन् । यसलाई अनुहारमा लगाउनाले निर्जीव, फुटेको, सुख्खा र सुकेको छालालाई पूर्ण पोषण प्राप्त हुन्छ । यसले तपाईको छालालाई भित्रैबाट मोइस्चराइज गर्छ ।