२०८१ जेठ ५ , शनिवार

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, ‘ठूलो समस्या छैन’

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।

प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३:४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।

 

प्रेस विज्ञप्ति
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को मिति २०८० जेठ २९ गते सोमबारका दिन यस नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण भएको जानकारी गराउँछौं ।

सम्माननीय प्रधानमन्त्री दाहाल पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित यस नर्भिक इन्टरनेशनल हस्पिटल आउनुभएको थियो । करिब डेढघण्टा समय लगाएर उहाँले आफ्नो सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो । सो क्रममा सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको समेत जानकारी गराउन चाहन्छौं ।

आफ्नो पूर्ण स्वास्थ्य परीक्षणका लागि नर्भिक हस्पिटलमा प्रधानमन्त्री ज्यूको आगमनप्रति हामी हार्दिकतापूर्वक आभार प्रकट गर्न चाहन्छौं ।

 

सोमनाथ बास्तोला
प्रवक्ता नर्भिक इन्टरनेशनल हस्पिटल
थापाथली, काठमाण्डौ ।

मिति : २०८० जेठ ३० गते