२०८१ जेठ ५ , शनिवार

प्रधानमन्त्री पत्नी सीता दाहाललाई नर्भिकमा लगियो

सुनाखरी न्युज / काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ ।सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।

 

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ।

 

सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।