२०८१ जेठ ५ , शनिवार

तरकारीमा भएको चर्को नुन घटाउने उपायहरु

सुनाखरी न्युज / काठमाडौं
धेरै मिहिनेत गरेर तरकारी अथवा दाल त बनाइन्छ, तर कहिलेकाहिँ भने नुन बढी भएर धेरैलाई चिन्ता हुने गर्छ । नुन बढी भएको तरकारी खान गार्है पर्छ । तर केही गरी खानामा बढी नुन पर्‍यो भने यसलाई कसरी खान लायक बनाउने भन्ने हुन्छ । विशेष गरी यदि घरमा पाहुना आएका छन् भने चिन्ता बढी हुन्छ । यहाँ हामी तपाईंलाई यस्ता केही टिप्सबारे जानकारी दिँदै छौँ जसले तरकारीको चर्को नुनलाई सजिलै ठिक बनाइदिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

 

तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

– तरकारीमा बढी नुन पर्‍यो भने तपाईं दुई चम्चा बेसन लिनुहोस् र यसलाई राम्रोसँग भुट्नुहोस् । जब बेसनको रङ गाढा हुन थाल्यो र   बास्ना आउन थाल्यो भने यसलाई तरकारीमा हाल्नुहोस् र हल्का हातमा मिक्स गर्नुहोस् । यसरी नुनको असर कम हुनेछ । तरकारीको स्वाद पनि बढ्छ ।

– तरकारी र दालमा दहि मिसाउनाले पनि नुनिलोको मात्र केहि हदसम्म कम गर्न सक्छ । नुन चर्को भएको तरकारीमा दहि मिसाउँदा   तरकारीको स्वादमा पनि केहि परिवर्तन आउन सक्छ । तर नुनको मात्रा पनि केहि हदसम्म कम गराउन दहि सहयोग हुन सक्छ ।

 

 

– तरकारीमा नुन बढी भएको अवस्थामा आलुले राहत दिलाउन सक्छ । आलुलाई ताछेर नुन बढी भएको तरकारी र दालमा राख्नाले   नुनिलोको मात्र कम हुन सक्छ । पूर्ण रुपले नुनिलोको समस्या समाधान नभएतापनि नुनिलोलाई केहि मात्रामा कम गराउन आलुले   मद्दत गर्छ ।

-नुनको असर कम गर्नु छ भने तपाईं अमिलो खानेकुरा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले कागती लिन सक्नुहुन्छ । कहिलेकाहीँ फ्रिजमा उसिनेको आलु, दही आदि हुँदैन । कागती भने खासै टुट्दैन । त्यसैले पनि यस्तो अवस्थामा कागतीले सहयोग गर्नेछ ।