२०८१ जेठ ५ , शनिवार

स्टारडम बिस्तारै गुमनामीको अँध्यारोमा हराएका बलिउड कलाकार

सुनाखरी न्युज  / काठमाडौं –  बलिउडमा त्यस्ता धेरै कलाकार छन जसले आफ्नो करियर शिखरमा पुग्न सफल भएसंगै उनीहरुले बिस्तारै गुमनामीको अँध्यारोमा हराएका थिए ।

 

मिना कुमारी  ट्याइजिडी क्वीनको उपाधि पाएकी मिना कुमारीको वास्तविक जीवन पनि कुनै ट्याजिडीभन्दा कम थिएन ।
भनिन्छ, मिना कुमारीको मनमा यति धेरै पीडा थियो, उनी बिना ग्लिसरीन नै क्यामरा अगाडि रुन्थिन ।  उनको पनि ट्याजिडी मृत्युले मिना कुमारीलाई गुमनाम गरिदियो ।

 

परवीन बाबी सफलताको शिखरमा पुग्न सफल भइन त्यसरी नै उनी अचानक १९८३ मा फिल्मबाट हराइन । लामो समयपछि उनलाई आफ्नै घरमा मृत अवस्थामा भेटियो । उनको शव कुहिने क्रममा थियो ।

 

भारत भूषण आफ्नो करियरमा आश्चर्यजनक रुपमा सफल भएका थिए । तर उनको जीवनमा एउटा त्यस्तो समय आयो, जहाँ उनी ऋणमा डुब्न थाले । पाइलैपिच्छे आर्थिक संकटको सामना गर्नु पर्यो । जसले गर्दा फिल्ममा साना भन्दा पनि सामा भूमिकामा काम गर्न बाध्य भए । त्यहि समयमा उनी गुमनाम हुन पुगे ।