२०८१ जेठ ५ , शनिवार

यस्ता छन् दैनिक अनार खानुका फाइदा नै फाइदा

सुनाखरी न्युज  / काठमाडौं –  अनार कयौं बिरामीबाट बचाउनका लागि सहयोग गर्छ । स्वास्थ्य विज्ञहरुकाअनुसार नियमित रुपमा अनार खानाले शरीरमा हुने रगत कमीको समस्या हट्छ । यसका साथै अनार खानाले दिमागलाई तेजिलो बनाउन मद्धत गर्छ ।अनार वा अनारको जुस निरन्तर प्रयोग गर्नाले हाम्रो शरीरको विभिन्न अंगहरु स्वस्थ बनाउनुको साथै सुन्दरतामा समेत पाइदा पुर्याउँछ ।

 

दैनिक रुपमा अनारको प्रयोग गर्नुका धेरै फाइदाहरु छन् ।
– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।

– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।

– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।

 

– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।

– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।

– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।

– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।

– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।