२०८१ जेठ ५ , शनिवार

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेसनलका विजेता घोषित

सुनाखरी न्युज/ काठमाडौं । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका छन् । किड्स स्टार इन्टरनेसनल मिस्टरतर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बी’मा मार्लाेन तामाङ विजेता बनेका छन् भने किड्स स्टार इन्टरनेसनल मिसतर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बी’मा प्रिया गुरुङ विजेता चुनिएका छन् । ग्रुप ‘ए’तर्फ अर्गनाइजर च्वाइस सुविज्ञा कुँवर बनिन् ।

 

काठमाडौंमा आयोजित समारोहमा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टरतर्फ विजेता बनेका हुन् । प्रतियोगितामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।

 

एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक फेशन ईराले जनाएको छ । सबै जना विजेतालाई गरी १२ लाख रुपैयाँ बराबरको छात्रवृत्तिको अवसर प्रदान गरिएको छ । यस्तै उनीहरुले आगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन सक्नेछन् ।