२०८३ श्रावण १९ , मंगलबार

गायक राजु लामाले रोपे ३ हजार भोटेपिपलको बिरुवा

सुनाखरी न्युज / काठमाडौं – गायक राजु लामा संगीत मात्र होइन, पछिल्लो समय वातावरणीय अभियन्ताको रुपमा समेत सक्रिय छन् ।उनका पछिल्ला कार्यहरु संगीतमार्फत वातावरण संरक्षणका लागि केन्द्रित छन् ।

 

प्राकृतिक विपत्तिविरुद्ध एकजुट हुनेबारे विश्वलाई सन्देश दिन गत वर्ष उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । सोही प्रतिबद्धतालाई निरन्तरता दिंदै उनले जेठ १२ गते राजु लामा फाउण्डेसनबाट उपल्लो मुस्ताङको लोमान्थाङमा तीन हजार भोटे पिपल जातका विरुवा रोपे ।

 

स्थानीयसँगको सहकार्यमा उनले उक्त क्षेत्रको पर्यावरण जगेर्ना गर्न वृक्षारोपण गरेको जनाएका छन् ।