२०८१ जेठ ५ , शनिवार

दीपक मनाङेको फिल्मका लागि अनलाइन अडिसनबाट अभिनेत्री खोज्दै

 

सुनाखरी न्युज /  काठमाडौं –  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गेको प्रस्तुतिमा बन्न लागेका फिल्म ‘बाघचाल’का लागि मुख्य अभिनेत्रीको खोजी भएको छ।यसका लागि निर्माण टिमले शनिबारबाट अडिसनसमेत गरेको छ। फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो।

 

सम्राट बस्नेतले निर्देशन गर्ने फिल्ममा अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहित भिडियो ह्वाट्सएप नम्बर ९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ। उनका अनुसार अभिनेत्री हुन चाहनेले असार ७ गतेसम्म आफ्नो अभिनय पठाउनुपर्नेछ।शनिबार र आइतबार  ( आज )  निर्माण टिमले काठमाडौंमा अडिसन राखेको थियो। जसमा १ सय ५१ जना सहभागी थिए। दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते नाम सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।

 

फिल्ममा मनाङे आफैँ अभिनयमा उत्रिँदैछन्। पहिलो पटक उनले आफैले निर्माण गरेको फिल्ममा अभिनय गर्न लागेका हुन्। उनका अलावा फिल्ममा सबिन श्रेष्ठको अभिनय रहनेछ। उनीहरू यसअघि नै फाइनल भइसकेका छन्। उत्तरगया म्युजिक एण्ड फिल्म्स् तथा सबिन फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स यूकेको सहकार्य हुनेछ। फिल्मको निर्मातामा धनबहादुर गुरुङ ( डीबी) , टीकाराम भण्डारी, समीर शाही  ( अष्ट्रेलिया )र कृष्ण थापा (अष्ट्रेलिया )छन्।