२०८१ बैशाख २३ , आइतवार

यस्तो छ ‘अन्तिम संस्कार’ को नयाँ गीत

सुनाखरी न्युज/ काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’ को गीत सार्वजनिक गरिएको छ।

 

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सर्काे’ बोलको ओएसटी गीत सार्वजनिक गरिएको हो। गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर रहेको छ। गीतको भिडिओमा फिल्मका केही दृश्यहरू समावेश गरिएको छ।

 

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज र नविनकुमार शाही निर्माता हुन्। बाबु श्रेष्ठको छायांकन गरेको फिल्मलाई रूपेश गुरुङले सम्पादन गरेका छन्।