२०८१ जेठ ५ , शनिवार

नियमित रुपमा भिटामिन सी खानैपर्ने कारणहरु यी हुन

सुनाखरी न्युज  / काठमाडौं –  शरीरका लागि भिटामिन सि एक आवश्यक भिटामिन हो । यो भिटामिन प्रायः हरेक खानेकुरामा पाइन्छ वा भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । यो भिटामिन एण्टी—अक्सिडेन्टल हुन्छ । जसले शरीरको तापमानलाई सञ्चालन गरिराख्न सहयोग गर्दछ । यसले कोशिका निर्माणमा समेत सहयोग गर्दछ । यदि मानिसको शरीरमा भिटामिन सीको कमी भयो भने शरीरमा विभिन्न किसिमका फेरबदलहरु आउँछन् ।

 

हाम्रो अंगको आकार बढाउन, रक्त वाहिकालाई बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सी आवश्यक हुन्छ । उच्च कोलोस्टोर, उच्च रक्तचाप नियन्त्रणमा भिटामिन सिले सहयोगी भूमिका खेल्छ । ब्रोकाउली, पालुङ्गो, भेडे खुर्सानी, आलु, कुखुराको मासु, समुन्द्री खाना आदि यसको स्रोत हो । यसबाहेक यो शरीरको विकार निकाल्न मद्दत गर्ने एक एन्टीअक्सिडेन्ट पनि हो । यो छाला, हड्डीको विकासको लागि पनि आवश्यक हुन्छ । भिटामिन सी पानीमा घुलनशील हुन्छ ।

भिटामिन सीको कमी भयो भने निम्न लक्षणहरु देखिन्छन –

शरीरमा रगतको कमी हुन्छ
गिजामा रगत देखिनु
संक्रमणसँग लड्ने क्षमता कम हुनु
नाकबाट रगत आउनु
सुख्खा छाला हुनु
दाँतको बाहिरी पत्र कमजोर हुन्छ
छाला अत्यधिक पातलो हुनाले हल्का चोट लाग्दा पनि रगत बग्ने वा गहिरो घाउ बस्ने
भिटामिन सी को कमीले कपाल पनि रुखो र दुईमुखे हुन्छ ।
स्कर्भी रोग लाग्ने सम्भावना

 

भिटामिन सी किन चाहिन्छ ?
-रोग प्रतिरोधी क्षमता बढाउँछ
कमजोर रोग प्रतिरोधी क्षमताले अनेकौं रोग निम्त्याउँछ । भिटामिन सी रोग प्रतिरोध क्षमता बढाउनको लागि फाइदायुक्त तत्वमा  गनिन्छ। स्वास्थ्य विशेषज्ञकाअनुसार भिटामिन सी युक्त खाद्य पदार्थले शरीरका कोषिकाहरुलाई राम्रोसँग काम गर्न योग्य बनाउँछ ।  भिटामिन सीले इम्यून सेलको कार्य प्रणालीलाई बलियो बनाउँछ र संक्रमण हुनबाट बचाउँछ ।

– रुघाखोकीमा फाइदा
सामान्य रुघाखोकी भएको अवस्थामा भिटामिन सी उपयुक्त हुन्छ । भिटानि सीको अभावमा पनि रुघाखोकी लाग्ने हुन्छ । भिटामिन  सी ले केही हदसम्म भाइरल इन्फेक्सनबाट जोगाउने काम गर्छ ।

 

-गिंजालाई स्वस्थ राख्छ
गिंजालाई स्वस्थ राख्न विशेषज्ञहरु भिटामिन सी युक्त खाद्य पदार्थ खान सुझाउँछन् । भिटामिन सीको कमीले गिंजाबाट रगत बग्नेजस्ता   लक्षण देखिन्छन् । त्यसैले गिंजालाई स्वस्थ र तन्दुरुस्त राख्न भिटामिन सीको पुर्ति हुने खानेकुरामा जोड दिनुपर्छ ।

-छाला राम्रो बनाउँछ
छालालाई स्वस्थ राख्न भिटामिन सी आवश्यक पर्छ । भिटामिन सीले घामबाट छालालाई पार्ने समस्या कम गर्छ । भिटामिन सी भएका  खानेकुरा खाँदा बढ्दो उमेरमा देखिने छाला चाउरिने समस्यालाई पनि कम गर्छ ।

 

-यी खानेकुरामा पाइन्छ भिटामिन सी

कागती , निबुवा ,खुसार्नी ,सुन्तला ,अंगुर,किवी ,ब्रोकाउलीे ,स्ट्रबेरी ,टमाटर ,खरबुजा ,बन्दागोभी ,फूलगोभी , पालकको साग , हरियो मटर,उमालिएको आलुबाट पनि भिटामिन सी प्राप्त गर्न सकिन्छ । बुझ्नैपर्ने कुराः हाम्रो शरीरले भिटामिन सी संरक्षित गरेर राख्न सक्दैन । यसैले हामीले नियमित रुपमा भिटामिन सी खाइराख्नुपर्छ ।