२०८१ बैशाख १५ , शनिवार

रावा इनर्जीको आईपीओ मंगलबार बाँडफाँड हुने

IPO

सुनाखरी न्युज/ काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ १८ गते, बिहीबारदेखि जेठ २२ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि मंगलबार हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि मंगलबार दिउँसाे ४ बजे गरिने निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा ११ लाख ६५ हजार ५ सय २६ जना लगानीकर्ताहरूले १ करोड २७ लाख ६१ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १९.८२ गुणा बढी आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये पहिलाे चरणमा १०% अर्थात् ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो ।

 

उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता आईपीओ छुट्याइएको थियाे । बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्दथे ।