२०८१ बैशाख २३ , आइतवार

शाहरूखसँग फ्यानले एकसाथ आइकनिक पोज दिएर वर्ल्ड रेकर्ड

सुनाखरी न्युज  / काठमाडौं –  बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् ।उनको एक झलक पाउन हजारौं फ्यान मुम्बईको बान्द्रास्थित घर मन्नत मा उपस्थित हुन्छन्। शाहरूख घरको बार्दली निस्केर आफ्ना फ्यानलाई अभिवादन गर्छन्। शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।

 

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए । यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए।

 

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए। चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे।‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन्।