२०८१ जेठ ६ , आइतवार

गर्मीका खरबुजा खानुका यस्ता छन् फाइदा र बेफाइदाहरु

सुनाखरी न्युज / खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।खरबुजामा भिटामिन ए पाइन्छ, जुन आँखा, छाला तथा कपालका लागि अति फाइदाजनक हुन्छ । खरबुजा सेवनले शरीरमा पानीको कमी पनि पूरा गर्छ ।

यस्ता छन् यसका फाइदा :

-पेटको मांसपेशी
खरबुजामा फोलिक एसिड पाइन्छ । यसले रगत डल्लो पर्न दिँदैन । खरबुजाको सेवन गर्दा महिनावारी भएको बेलामा मांसपेशी  अँठिने समस्या हुँदैन र पीडामा राहत हुन्छ ।

-फाइबर
खरबुजामा फाइबर भरपूर मात्रामा हुन्छ । यो खाँदा कब्जियतको समस्या आउँदैन र पेट डम्म हुन्छ ।

 

-भिटामिन ए बीटा
खरबुजामा भिटामिन ए बीटा क्यारोटिन पाइन्छ । यसले आँखाको तेज बढाउन र मोतियाविन्दुको खतरा घटाउन मद्दत गर्छ । भिटामिन ए छालाको बाहिरी कोशिकाका लागि पनि लाभदायक हुन्छ ।

– इलेक्ट्रोलाइट सन्तुलन
गर्मीको मौसममा पसिना आउँछ । पसिनामार्फत आवश्यक खनिज बगेर जान्छन् जसले गर्दा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन   बिग्रन्छ । खरबुजामा सोडियम र पोटेसियम उचित मात्रामा हुन्छ जसले इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

 

खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ तर यो केही निश्चित रोगीले खानु हुँदैन । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन, यसबारे जानकारी लिऔं ।

यी व्यक्तिले नखाने खरबुजाः

– दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नलीमा सुन्निने गर्छ ।

– भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन ।

– खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।

– खरबुजा खाने बित्तिकै पानी नपिउनुहोस् । तुरुन्त पानी पिउँदा बानी हुनसक्छ ।

– राती सुत्नेबेला पनि खरबुजा खानुहुँदैन किनभने यसले कफ बढाउन सक्छ । एजेन्सी