२०८१ बैशाख २३ , आइतवार

रामको भूमिकामा रणवीरलाई नसुहाउने कंगनाको प्रष्टबोली

सुनाखरी न्युज / काठमाडौं –  बलिउड अभिनेत्री कंगना रनौत पुनः एकपटक चर्चामा तानिएकी छिन । यो पटक उनी रणबीर कपूर चर्चामा आएकी हुन । कंगनाले रणवीरको नाम नलिइ इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन जसबाट रणवीर कपुर नै हुन भन्ने प्रष्ट हुन्छ ।

 

निर्देशक नितेश तिवारीले केहि दिन अगाडि ‘रामायण’ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । उक्त फिल्ममा तिवारीलले रामको भूमिकामा रणबीर कपूर तथा सीताको भूमिकामा आलिया भट्टको नाम बताएका थिए ।कंगनाले रामको भूमिकामा रणवीरलाई नसुहाउने प्रष्ट पारेकी छन । उनले बरु साउथ सुपरस्टार यशलाई रामको भुमिका सुहाउने बताएकी छन ।

 

अन्डरह्यान्डेड पीआर स्टन्टहरू गर्नका लागि प्रसिद्ध छन्। उनी लागूऔषधको दुव्र्यसनी हुन र धेरै पटक केटीहरूसँग फ्लर्ट गरेको देखिएका छन ।  उनले आफू स्वंयलाई भगवान शिव सम्झेका थिए र फिल्ममा देखाइएको पनि थियो । तर उनको त्यो फिल्मलाई कसैले हेरेनन । अहिले यसको अरु पार्टहरु पनि बनाउने सोचिरहेको छ । अब त्यहि व्यक्ति फिल्ममा भगवान रामको भूमिका निभाउँदै गरेको देखिने भएको छ ।

 

जहाँ एक युवा साउथ सुपरस्टार छन जो आफूलाई सेल्फ मेड बताउँछन्। उनी पारिवारिक मानिस पनि हुन र परम्परागत कुरामा विश्वास गर्छन्। उनी अलि भगवान् रामजस्तै देखिन्छन्। उनको अनुहारको फिचर राम्रो छ, तर उनी रावणको भूमिकामा देखिनेछन्। यो कस्तो कलियुग हो? जय श्री राम। अभिनेत्री कंगनाले आफ्नो पोस्टमा रणबीर कपूरको फिल्म ब्रह्मास्त्रको कुरा गरेकी हुन् । यद्यपि, उनले न अभिनेताको नाम लिएकी छिन न फिल्मको नै । उनले निशानामा रणबीर कपूरलाई नै लगाएकी छिन ।