२०८१ जेठ ५ , शनिवार

आँप खाएपछि बिर्सेर नि नखानुहोस् यी खानेकुराहरु

सुनाखरी न्युज  / काठमाडौं –  आँपलाई फलफूलको राजा पनि भनिन्छ।आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। खानापछि मिठाईको स्थान पनि आँपले पाएको छ।

 

तर ख्याल राख्नु पर्ने मुख्य कुरा के हो भने केहि खानेकुरा र पेय पदार्थहरू छन् जुन आँपसँग वा खाए पछि खानु हुँदैन।आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकुराहरूलाई सबैले बुझ्न आवश्यक छ।

 

करेला –  आँप र करेलालाई एकसाथ खानु वा आँप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँप खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

मसलेदार खाना स्कतिपयले खुर्सानी–मसालेदार खानापछि मिठाईको रुपमा आँप खान्छन्। तर यी खानेकुराको संयोजनले पेटलाई हानि पुर्‍याउन सक्छ। पाचन क्रियामा असर पर्ने, पेटमा जलन हुने, एसिडिटी हुने, पखाला लाग्ने, ग्यास हुने र पेट फुल्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा मसलादार खानेकुरा र आँप लगायत सामान्य खानाबीच दुईदेखि तीन घण्टाको अन्तर राखेको राम्रो हुन्छ।

तातो दुध –  तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसँग पनि नखानु भनिएको छ। आँपलाई दुधसँग खाने गर्दा पाचन क्रियामा समस्या आउने गर्दछ।

 

खुसर्नी –  आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन। आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।

कोल्डड्रिङ्कस –  आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसँग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाईअक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुँदैन।