२०८१ बैशाख २३ , आइतवार

केआरकेको गम्भीर आरोप ‘ अक्षयकुमारले मेरो सुपारी दिएका थिए

सुनाखरी न्युज /  काठमाडौं –  फिल्म समीक्षक कमल आर खान बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन ।

 

कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन । केआरके अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन ।

 

उनले ट्वीटको सिरिज नै लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन । उनले यो कुरामा सलमान खान र शाहरुख खानको कुनै सरोकार नभएको उल्लेख गरेका छन । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन । यद्यपि कमलले अहिले ट्वीट हटाइसकेका छन । अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’को प्रमोसनमा व्यस्त छन ।